संघ \संस्था

मेचीनगरद्वारा राहत वितरण सुरु, तीन दिन भित्र नगरका लक्षित सबैले पाउने

झापा, चैत २२ । मेचीनगर नगरपालिका कार्यलय इट्टाभट्टाले आफ्ना नगरका विपन्न तथा लक्षित बर्गलाई राहत वितरण सुरु गरेको छ ।

विकास निर्माणको काममा व्यस्त देखिने मेचीनगर प्रमुख तथा प्रतिनिधीहरु यतिबेला खाद्य सामाग्रीको अभावमा छटपटाइरहेका आफ्ना जनतालाई दैनिक 4उपभोग्य सामाग्रीहरु घरदैलोमा नै पुर्याउँने कार्यमा कम्मर कसेर लागि परेका छन् ।

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले चैत ११ देखि २५ गते सम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाउदै लकडाउन गरेको छ । लकडाउनको अवधि बढाउने संकेत सरकारले गरी रहेको छ ।

अहिले दैनिक ज्यालादारीमा काम गरेर छाक टार्ने मजदुर परिवारलाई अहिले काम नहुदा दैनिकरुपमा विहान–बेलुकाको छाक र्टान मुस्किल परिरहेको छ । यसलाई मध्यनजर गर्दै मेचीनगर नगरपालिकाले नगरको विपद व्यवस्थापन कोषवाट ५० लाख बढीको राहत कोष व्यवस्थापन गरेको भएपनि दाताहरुवाट सहयोग निरन्तर आइरहेकाले हाल सम्म कोषमा एक करोड बढीको वजेटको व्यवस्थापन भएको नगर प्रमुख विमल आचार्यले वताए ।

नगर साथै प्रत्येक वडा र टोलहरुको कार्यविधि निर्माण गरी आवश्यक्ता अनुसार नगर भित्रका मजदुर साथै अति विपन्न परिवारलाई आवश्यकीय खाद्य सामाग्री वितरण गर्न आवश्यक तयारी पुरा गरी सकेको नगरप्रमुख विमल आचार्यको स्वकीय सचिव विजय भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार शनिबार मेचीनगर वडा नम्बर २ र ४ मा आवश्यक राहत सामाग्री पठाई वितरण पनि सुरु गरीएको र दुई तीन दिन भित्र मेचीनगरका सबै वडामा राहत वितरण गरी सकिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.