समाचार

ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

सप्तरी, चैत २३ । सप्तरीमा खेल्ने क्रममा आइतबार दिउँसो दुई जना बालकको ढिस्कोले पुरिएर मृत्यु भएको छ । अग्निसाइर कृष्णा सावरण गाउँपालिका-६ मोहनपुरका दुई बालकको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय दिलबहादुर मगरको ५ वर्षीय छोरा निकेश मगर र उमेश खड्काका ६ वर्षी संजीव खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

स्थानीय गौरी खोलमा खेल्न गएका दुवै बालक ढिस्कोले परिएको र दुवैको घटनास्थलमै मृत्यु भएको हो । घट्नाबारे थप अनुसन्धान भइरहेको नायव उपरीक्षक भारतीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *