संघ \संस्था

साना किसानद्वरा मेचीनगर राहत कोषमा ३१ हजार सहयोग, अंशु एकेडेमीले पनि दियो १२ हजार सहयोग

झापा, चैत २३ । मेचीनगर नगरपालिका कार्यालय इटाभट्टाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी छ ।

यसै बिच मेचीनगर ४ मा रहेको साना किसान कृषि सहकारी संस्था लि बाहुण्डाँगीले पनि सहयोग गरेको छ । संस्थाको तर्फबाट २५ हजार र कर्मचारीको तर्फबाट ६ हजार गरेर जम्मा ३१ हजारको चेक मेचीनगर उपप्रमुख मीना उप्रेतीलाई आईतबार संस्थाका तर्फबाट साना किसान कृषि सहकारी संस्था लि बाहुण्डाँगीका प्रबन्धक पोसक मोतेले हस्तान्तरण गरे ।

त्यसैगरी मेचीनगर ४ मा नै रहेको अंशु एकेडेमीले पनि नगरपालिकाको राहत कोषलाई १२ हजार सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published.