झापा, चैत २३ । कमल गाँउपालिले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी छ ।
यसै बिच हाम्रो टोल बिकास संस्था कमल ३ बोहोरा टोलले पनि गाँउपालिकाले स्थापना गरेको राहत कोषलाई नगद रु १५ हजार प्रदान गरेको छ ।
विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस (कोविट–१९) को संक्रमण नियन्त्रणका लागि नेपाल सरकारबाट घोसित लकडाउन बाट दैनिक ज्यालादारी गर्ने, निम्न आय भएका अति विपन्न परिवारलाई सहयोग पर्याउने उदेश्यले हाम्रो टोल बिकास संस्थाको तर्फबाट पनि सानो सहयोग गरेको संस्थाका अध्यक्ष गोपाल बोहोरा ले बताए ।
कमल गाउँपालिका अध्यक्ष श्री मेनुका काफ्ले, प्रमुख प्रशासकिय अधिकृत सुबास श्रेष्ठ, कमल गापा ३ नम्बर वडा अध्यक्ष नर प्रसाद दंगाललाई संस्थाका अध्यक्ष गोपाल बोहोरा र सचिव राजन चापागाईं, समाजसेवी भिम राई, छत्र फागो, गौरीमान फागो, सेलिना राई, उमानाथ भण्डारी, बिरेन्द्र अधिकारी, सुबाश याक्थुवा ,मोहन श्रेष्ठ, गौरा चापागाईंलगायतको उपस्थितिमा १५ हजार बराबरको चेक हस्तान्तरण गरेको थियो ।

