विविध

विश्व कल्याणका लागि नेपालीहरुले घरमा बाले दियो

काठमाडौं, चैत २३ । नेपालीहरुले आइतबार साँझ दिप प्रज्वलन गर्दै विश्व शान्तिको कामना गरेका छन्।

विश्व मानवका लागि जोखिम बन्दै गएको कोरोना विरुद्ध नेपालीहरुले स्वस्फूर्तरूपमा घरआगनमा दियो बालेर विश्व कल्याणको कामना गरेका हुन्।

छिमेकी देश भारतमा आजै राति ९ बजे सबैले दियो तथा मैनबत्ति बाल्न प्रधानमन्त्री नरेन्द्र मोदीले अपील गरेका थिए ।

नेपालीहरुले भने स्वस्फूर्तरूपमा ७ बजे विश्व शान्तिको कामना गर्दै दियो बालेका हुन। उज्यालोले अन्धकारको बादललाई हटाउने विश्वास सहित दीप बालिएको हो।

यस्ता कार्यक्रमले भयबाट मुक्त हुन तथा मानसिक रुपमा बलियो हुन मदत गर्ने विश्वास गरिन्छ।

Leave a Reply

Your email address will not be published.