संघ \संस्था

विश्व रेडक्रस दिवसको अवसरमा सासु बुहारी सम्मानित

हल्दिवारी । विश्व रेडक्रस दिवसका अवसरमा नेरेसो हल्दिवारी उपशाखाले असल सासू तथा बुहारी संमान कार्यक्रमको आयोजना गरि मनाएको छ ।

कोशी प्रदेश सभा सदस्य लविलाल चुडालको प्रमुख आतिथ्य तथा उपशाखा सभापति कर्णखर प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २ असल सासू तथा ७ जना असल बुहारीलाई नगद , प्रमाण सहित दोसल्ला ओडाएर संमान गरिएको थियोे ।

सम्मानित हुने असल सासूमा हल्दिवारी- १ गोलधाप निवासी फटिकादेवी रेग्मी तथा हल्दिवारी – २ निवासी खिरमाया रिजाल रहनु भएको थियोे ।

त्यसैगरी असल बुहारीहरुमा हल्दिवारी -१ गोलधाप निवासी प्रेमावती न्यौपाने र राधिका दाहाल रिजाल हल्दिवारी -२ निवारक सुमित्रा खतिवडा आचार्य ,इन्दिरा निरौला भट्टराई र सारावती राजवंशी रहनु भएको छ ।

उक्त संमान कार्यक्रमलाई प्रमुख अतिथि छविलाल चुडाल , रेडक्रस झापाका मन्त्री चन्द्र चुडाल , उपशाखा सल्लाहकार समिति संयोजक मोहनचन्द्र रेग्मी , असलबुहारी संमान दाता रमेशकुमार तिम्सिना सम्मानित सारावती राजवन्सिलगायत मन्तव्य राख्नु भएको थियोे ।

विश्व रेडक्रस दिवस र असल सासू बुहारी संमान कार्यक्रमको औचित्य माथी उपशाखा सभापति कर्णाखर प्रसाईले प्रष्ट पार्नु भएको कार्यक्रममा स्वागत उपशाखा सदस्य राजेन्द्र ओलीले गर्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण सचीव हरीकृस्ण अधिकारीले गर्नु भएको थियोे ।