बाहुण्डाँगी । स्थापनाको ४२ वर्षपछि वीरता जेसीजले वीरता जुनियर जेसीज स्थापना गरेको छ । आज विर्तामोडमा आयोजित एक सामारोहकाबिच अनिक चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठनल गर्दै ४२ वर्षपछि वीरता जेसीजले जुनियर जेसीज स्थापना गरेको हो । २०२३ का अध्यक्ष घनश्याम चौधरीले अध्यक्षको उम्मेदवारी दिएकै बखत २०२३ मा जुनियर जेसीज स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए । उनले सोही अनुसार आफ्नो कार्यकालमा आफुले देखेको सपना पुरा गरेको बताए । जुनियर जेसीज जेसीज शाखाहरुका लागि प्रोजेक्टका रुपमा रहेको हुन्छ । १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरु यसमा रहन्छन् ।

नयाँ गठित कार्यसमितिको कार्यकारीणी उपाध्यक्षमा स्नेहा ढुङ्गाना, निर्जला लिम्बू, कानुनी सल्लाहकारमा निसिम थाम्सुहाङ, महासचिवमा गृष्मादेश प्रसाई, कोषाध्यक्षमा जिसल खड्का, सह कोषाध्यक्षमा स्नेहा घोष, सयुक्त सचिवमा चेतासा न्यौपाने, उपाध्यक्षहरुमा लिजा राई, आर्मन धिमाल, सिया चौधरी, सिया चौधरी, प्रकरण निर्देशकमा सिद्धान्त दास र तालिम संयोजकमा अनुष्का महतोलाई सर्वसम्वत चयन गरिएको थियो ।

संस्थाका अध्यक्ष घनश्याम चौधरीको सभापतित्व तथा वीरता जेसीजका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रशिक्षक दिनेशराज शर्माले प्रशिश्रण गराउनु भएको थियो । कार्यक्रम संयोजक सिनेटर जीवन खड्काले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव जनक खड्काले गर्नु भएको थियो ।

