संघ \संस्था

एसिया प्यासेफिकमा सहभागि हुन अध्यक्ष मानन्धरसहित ९ जना इण्डोनेसिया प्रस्थान

बाहुण्डाँगी । जेसीआईको एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा (एसिया प्यासेफिक कन्फ्रेन्स) सहभागि हुन नेपाल जेसीजको टोली इण्डोनेसियातर्फ प्रस्तान गरेको छ । मे १० देखि १३ तारिखसम्म इण्डोनेसियाको जाकार्तामा हुन लागेको क्षेत्रीय सम्मेलनमा सहभागि हुन नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धरसहितको ९ जनाको टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । टोलीमा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष जीवन कार्की, कृतिपुर जेसीजका अध्यक्ष दिनेश ढङ्गोल, पोखरा जेसीज २०२१ का अध्यक्ष सिनेटर किरण केसी, कचनकवल जेसीजका निवर्तमान अध्यक्ष खगेन्द्र पाण्डे, पथरी जेसीजका कानुनी सल्लाहकार राजकुमार विश्वकर्मा, पोखरा जेसीजका कोषाध्यक्ष श्रीकृष्ण सुनार, सहकोषाध्यक्ष कपिल पौडेल, उपाध्यक्षहरु कुमार गुरुङ् र कुमार बोहोरा रहेका छन् ।


यस सम्मेलनमा एसिया प्रशान्तका जेसीज सदस्यहरुको भेला हुनेछ । नेपाल जेसीजका अध्यक्ष सिनेटर मानन्धरले नेपाल जेसीजकमा हाल सम्म भएका गतिविधि र अबका दिनमा हुने योजनाहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष सहितको टोलीलाई विदा गर्न मंगलवार त्रिभूवन अन्तराष्टिय विमानस्थलमा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष रजनी थापा, उपाध्यक्ष अनुप सुनुवारलगायत पुग्नु भएको थियो । स्मरण रहोस कोभिड पछिको यो नै पहिलो अन्तराष्ट्रिय स्तरको औपचारिक कार्यक्रममा सहभागि हो ।