धर्म संस्कृती

घैलाडुब्बा शिवालय तथा पातालगंगा मन्दिरमा महाशिवरात्रि (तस्बिरसहित)

मेचीनगर। झापाको मेचीनगरमा रहेको सुरेन्द्रनगर घैलाडुब्बा शिवालय तथा पातालगंगा देवि मन्दिरमा महाशिवरात्रिको अवसरमा मेला लाग्दै आएको छ ।

पूर्वको पवित्र धार्मिक तथा पर्यटकिय स्थलको रुपमा परिचित घैलाडुब्बा शिवालय मन्दिरमा प्रत्येक बर्ष लाखौं श्रद्धालु भक्तजनहरुे मन्दिरको दर्शन तथा मेला घुम्न अउने गरेका छन् । सयौं बर्षदेखि लाग्दै आएको मेला कोरोना संक्रमणका कारण बिगत दुई बर्षदेखि भने प्रभावित बन्नुका साथै भक्तजनहरुको संख्यामा पनि कमि आएको छ ।

तीन दिन लाग्ने मेलामा दुई बर्ष अघि मात्रै पनि दुई लाख बढी भक्तजनहरुले मन्दिरको दर्शन तथा मेला घुम्नेका थिए । तर, गत बर्ष महाशिवरात्रिमा ६० हजार भक्तजनहरु मात्रै मन्दिर आएका थिए । यस बर्ष पनि सोहि संख्यामा भक्तजनहरु आउने अनुमान गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मेचीनगर ५ र ८ मा रहेको घैलाडुब्बा शिवालय तथा पातालगंगा देवि मन्दिरमा पाण्डवहरुले गौचरणका क्रममा घैलाडुब्बा आएको र गाई तिर्खाउदा अर्जुनले बाड हानी पातालबाट पानी निकालेर गाईको तिर्खा मेटाएको भन्ने पौराणिक किम्भदन्ती छ ।

सोहि बिश्वासका आधारमा शिवरात्रिको अवसरमा मेला लाग्ने गरेको र नेपाल संगै भारतका दार्जेलिङ्ग, आसाम, सिक्किम तथा भुटानको केही क्षेत्रबाट श्रद्धालु भक्तजनहरू मन्दिरको दर्शन तथा मेला घुम्न आउने गरेका मेचीनगर ५ का वडाध्यक्ष योगेन्द्र थापामगरले जानकारी दिए ।