झापा, चैत २६ । कमल गाँउपालिले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी छ ।
यसै बिच कमल गाँउपालिका ३ स्थित सानो केर्खामा रहेको कर्मणी बचत तथा ऋण सहकारी संस्थाले पनि गाँउपालिकाले स्थापना गरेको राहत कोषलाई नगद रु ७,१०५।०० (अक्षरुपी सात हजार एक सय पाँच) प्रदान गरेको छ ।
विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस (कोविट–१९) को संक्रमण नियन्त्रणका लागि नेपाल सरकारबाट घोसित लकडाउन बाट दैनिक ज्यालादारी गर्ने, निम्न आय भएका अति विपन्न परिवारलाई सहयोग पर्याउने उदेश्यले संस्थाको तर्फबाट पनि सानो सहयोग गरेको संस्थाका अध्यक्ष त्रिलोचन गौतमले बताए ।
संस्थाका अध्यक्ष गौतम सहित संस्थाका सचिव लेखनाथ सुवेदी, लेखासंयोजक विकास घिमिरे समेतको उपस्थितिमा संस्थाको तर्फबाट कमल गाउँपालिका अध्यक्ष श्री मेनुका काफ्लेलाई सो नगद हस्तान्तरण गरेका थियो ।

