झापा, चैत २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कचनकवल गाउँ कमिटीले आफ्ना पार्टी सदस्य एवम् कार्यकर्ताहरुबाट संकलन गरिएको ५१ हजार रुपैयाँ कचनकवल गाउँपालिकालाई हस्तान्तरण गरेको छ । गाउँपालिकाले स्थापना गरेको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा नेकपाले उक्त रकम सहयोग गरेको जनाइएको छ । सो गाउँपालिकामा बसोबास गर्ने अतिविपन्न, अशक्त, असहाय, Read More…
Day: April 8, 2020
कर्मणी सहकारी संस्थाद्वारा राहत कोषलाई सहयोग
झापा, चैत २६ । कमल गाँउपालिले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी छ । यसै बिच कमल गाँउपालिका ३ स्थित सानो केर्खामा रहेको कर्मणी बचत तथा ऋण सहकारी संस्थाले पनि गाँउपालिकाले स्थापना गरेको राहत कोषलाई नगद रु ७,१०५।०० (अक्षरुपी Read More…
देशभरका एम्बुलेन्सलाई तयारी अबस्थामा राख्न सरकारको आग्रह
काठमाडौं, चैत २६ । कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले एक हजारभन्दा बढी एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न सम्बन्धित संगठन र स्थानीय प्रशासनलाई आग्रह गरेको छ। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले देशभरका १ हजार ९३९ वटा एम्बुलेन्सलाई कोरोनाका बिरामी वा शंकास्पद व्यक्ति ओसारपसार निम्ति तयार रहन आग्रह गरेको हो। प्रधानमन्त्री कार्यालयका सचिव Read More…
राहत कोषमा जनचेतनाको सहयोग
ईलाम, चैत २६ । चुलाचुली गाउँपालिका कार्यालयले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी छ । यसै बिच जनचेतना कृषि सहकारी संस्था चुलाचुलीले पनि सहयोग गरेको छ । जनचेतना कृषि सहकारीको तर्फबाट नगद सात हजार रुपँया गाँउपालिकाको राहत कोषलाई सहयोग Read More…
नेपाल शिक्षक संघद्वारा राहत कोषलाई सहयोग
ईलाम, चैत २६ । बिश्व भरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोबिड १९) ले ल्याएको बिपतमा यसबाट आम चुलाचुली गाउँपालिका बासीलाई परेको बिपदको समयमा स्वास्थ्य लगायत अन्य दैनिक अति आवश्यक बिपदका सामाग्रीहरुको ब्याबस्थापन गर्ने उदेश्यले चुलाचुली गाँउपालीका ईलाम विपद व्यवस्थापन कोष स्थापना गरिएको छ । अहिले उक्त राहत कोषमा विभिन्न संघसंस्था, राजनैतिक दल, सहयोगी दाताहरुबाट Read More…
विद्यार्थी भर्ना प्रभावित
काठमाडौँ, चैत २६ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएर मुलुक लकडाउनमा परेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष वैशाख २ बाट सञ्चालन गर्ने विद्यार्थी भर्ना अभियान यस पटक प्रभावित हुने भएको छ । विद्यालयबाहिर रहेका विद्यालय जाने उमेर समूहका बालबालिकालाई कक्षा कोठामा ल्याउन विद्यार्थी भर्ना अभियान सञ्चालन गरिँदै आएको थियो । यस पटक Read More…
रेबिज लागेको व्यक्तिलाई झारफुक गर्दा मृत्यु
गोरखा, चैत २६ । सिरानचोक गाउँपालिका- २ उपल्लो पामका ४५ वर्षीय रामबहादुर गुरुङलाई गत माघ २ गेत छिमेकीको कुकुरले टोक्यो । चोट सामान्य भएकोले उनले वास्ता गरेनन् । तर, चैत्र १० गते हात दुख्ने र झमझमाउन थालेपछि झारफुक गरे । दुखाइ कम नभएपछि ११ गते आँपपिपल अस्पताल पुगेर चिकित्सकलाई सुनाए । तर, कुकुरले टोकेको जानकारी Read More…
कोरोनाको कहर: ८१ हजार बढीको मृत्यु
काठमाडौं, चैत २६ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा ८१ हजार ९९५ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०९ देशमा पुगेको कोरोना भाइरसबाट १४ लाख ३० हजार १३० जना संक्रमित भएका छन् । संक्रमितमध्ये ३ लाख १ हजार ८२८ जना उपचारगरि घर फर्किएका छन् । अहिले १० Read More…








