शिक्षा

नेपाल शिक्षक संघद्वारा राहत कोषलाई सहयोग

ईलाम, चैत २६ । बिश्व भरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोबिड १९) ले ल्याएको बिपतमा यसबाट आम चुलाचुली गाउँपालिका बासीलाई परेको बिपदको समयमा स्वास्थ्य लगायत अन्य दैनिक अति आवश्यक बिपदका सामाग्रीहरुको ब्याबस्थापन गर्ने उदेश्यले चुलाचुली गाँउपालीका ईलाम विपद व्यवस्थापन कोष स्थापना गरिएको छ ।

अहिले उक्त राहत कोषमा विभिन्न संघसंस्था, राजनैतिक दल, सहयोगी दाताहरुबाट सहयोगहरु धमाधम आईरहेको छ । उसै बिच उक्त कोषमा नेपाल शिक्षक संघ चुलाचुली गाँउपालिका कार्य समितिले पनि नगद ११ हजार सहयोग गरेको छ ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस चुलाचुली गाँउपालिका कार्य समिति सभापति गणेशप्रसाद फागो, जिल्ला सदस्य द्वय नरेन्द्र लावती र सुवास आङथुप्पो, नेपाल शिक्षक संघ गाउँ सभापति पदमकेशर लिम्बू, धर्म प्रसाद ढुङगाना, भोजराज बुडाथोकी, रूद्र प्रभात गिरी, पाटी सचिब त्रिलोचन गौतम लगायतको उपस्थिति रहेको थियो ।

उक्त रकम चुलाचुली गाँउपालिका कार्यालय परिसरमा गाँउपालिका अध्यक्ष प्रदिपचन्द्र राई, उपाध्यक्ष निर्मला दाहाल, प्रशासकीक अधिकृत काजीमान राई र विपत कोष संयोजक पुर्ण लावतीलाई संयूक्त रुपमा रकम हस्तान्तरण गाउँ सभापति पदमकेशर लिम्बूले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.