विराटनगर, बैशाख ८ । प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण गरिरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार आरडीटी विधिबाट जम्मा २ हजार ६ सय ९ Read More…
Day: April 20, 2020
सरकारको निर्देशन – सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब नकाट्नू !
काठमाडौं, बैशाख ८ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले संकटको बेला ‘फ्रन्टलाइनमा’ खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय गरेको छ । ‘कोभिड १९’ रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा गरिने भन्दै सञ्चारमाध्यममा खबर आएपछि सामाजिक संजाल तथा संचारमाध्यम लगायतमा सरकारको आलोचना भएपछि स्वास्थ्यकर्मी र Read More…
श्रमिकलाई निःशुल्क भोजन
काठमाडौं, बैशाख ८ । गोकर्णेश्वर नगरपालिकाले श्रमिक एवं अति विपन्न ७५० लाई दैनिक बिहान बेलुका निःशुल्क भोजन शुरु गरेको छ । बन्दाबन्दी शुरु भएपछि दैनिक ज्याला गरी जीविकोपार्जन गर्ने नागरिकलाई सहयोग गर्ने उद्देश्यले दाताबाट सहयोग जुटाएर निःशुल्क भोजन शुरु गरिएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए । “कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण भीडभाड Read More…
कोरोना भाइरस: मृत्यु हुनेको संख्या १ लाख ६५ हजार नजिक
काठमाडौं, बैशाख ८ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख ६४ हजार ९२२ जनाको मृत्यु भइसकेको छ । विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट २४ लाख ४ हजार ८५१ जना संक्रमित भएका छन् । विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण बितेको २४ घण्टाको अवधिमा मात्रै ४ जहार Read More…
भारतमा मृत्यु हुनेको संख्या ५५९ पुग्यो
काठमाडौं, बैशाख ८ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण भारतमा पछिल्लो २४ घण्टामा ३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५५९ पुगेको छ । भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या १७ हजार ६१५ पुगेको छ । भारतमा एकैदिन १ हजार २५० जनामा संक्रमण देखिएको छ । भारतमा संक्रमितमध्ये २ हजार Read More…




