विश्व

भारतमा मृत्यु हुनेको संख्या ५५९ पुग्यो

काठमाडौं, बैशाख ८ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण भारतमा पछिल्लो २४ घण्टामा ३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५५९ पुगेको छ ।

भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या १७ हजार ६१५ पुगेको छ । भारतमा एकैदिन १ हजार २५० जनामा संक्रमण देखिएको छ । भारतमा संक्रमितमध्ये २ हजार ८५४ जना उपचारपछि निको भएका छन् । १४ हजार २०२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.