काठमाडौं, बैशाख १२ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख ९० हजार ४२२ जनाको मृत्यु भइसकेको छ । विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट २७ लाख १५ हजार ६१४ जना संक्रमित भएका छन् ।
विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण बितेको २४ घण्टाको अवधिमा मात्रै ६ हजार ३५६ जनाको मृत्यु भएको छ । ८३ हजार ८२९ नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये ७ लाख ४५ हजार ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १७ लाख ८० हजार १४७ जनाको अहिले उपचार भइरहेको छ । उपचाररत मध्ये ५८ हजार ६७८ को अवस्था चिन्ताजनक छ ।
चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबार बिहान समाचार तयार पार्दासम्म २ हजार ११० जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४९ हजार ७६९ पुगेको छ ।
अमेरिकामा एकैदिन ३० हजार ७१३ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ लाख ७९ हजार ४३० पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये ८५ जार ६२४ जना उपचारपछि निको भएका छन् । १४ हजार ९९७ जनाको अवस्था गम्भीर रहेको छ । ७ लाख ४४ हजार ३७ जना उपचाररत छन् ।
त्यस्तै बेलायतमा पछिल्लो २४ घण्टामा ६३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ७३८ पुगेको छ ।
एकै दिन ४ हजार ५८३ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३८ हजार ७८ पुगको छ ।
बेलायतमा १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये १ लाख १८ हजार ९९६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार १५७ पुगेको छ । एकैदिन ४४० जनाले ज्यान गुमाएका छन् । अहिले स्पेनमा २ लाख १३ हजार २४ संक्रमित छन् ।
इटालीमा एकैदिन ४६४ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या २५ हजार ५४९ पुगेको छ । अहिलेसम्म इटालीमा १ लाख ८९ हजार ९७३ जना संक्रमित छन् ।
त्यस्तै फ्रान्समा एकैदिन ५१६ जनाले ज्यान गुमाएका छन् । कोरोनाकै कारण फ्रान्समा ज्यान गुमाउनेको संख्या १२ हजार ८५६ पुगेको छ । अहिलेसम्म १ लाख ५३ हजार १२९ मा संक्रमण देखिएको छ ।
फ्रान्समा संक्रमितमध्ये ४२ हजार ८८ जना उपचारपछि निको भएका छन् । ५ हजार ५३ जनाको अवस्था गम्भीर रहेको छ भने ९४ हजार २३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

