समाचार

झापाका एक जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित संख्या ४९ पुग्यो

काठमाडौं, बैशाख १२ । झापाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा दमकका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी अस्पतालको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको Read More…

अर्थ

प्रदेश १ कोरोना जनसुरक्षा कोषमा २८ करोड ७८ लाख बढी रकम जम्मा

विराटनगर, बैशाख १२ । प्रदेश १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारको लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु. २८ करोड ७८ लाख ८६ हजार सात सय २५ रुपैयाँ जम्मा भएको छ । यो कोषमा प्रदेश सरकारले २५ करोड रकम जम्मा गरेको थियो । यो कोषमा विभिन्न संघसंस्था, वित्तिय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारी Read More…

संघ \संस्था

बजारको पहुँच नपुगेको क्षेत्रमा मेची उद्योग बाणिज्य संघ

लक्ष्मी उप्रेतीझापा, बैशाख १२ । लकडाउनको मौका छोपेर व्यपारीले दैनिक उपभोग्य सामग्रीमा मुल्य बृद्घि नगरुन र उपभोक्ताले समेत सर्वसुलभ मुल्यमा उपभोग्य सामग्री प्राप्त गरुन भन्ने उद्घेश्यले मेची उद्योग बाणिज्य संघ मेचीनगरले आफै घरदैलो अभियान शुरु गरेको छ । देशको विषम परिस्थितीमा उपभोक्ताहरुले खाद्यन्नको अभाव व्योहोर्नु नपरोस र विचौलियाका कारण ठगिनु नपरोस भन्ने उद्घेश्यले पनि संघले Read More…

राजनीति

बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, बैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको थियो । सरकारले जारी गरेका अध्यादेश खारेज भएपछि देउवासँग कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । नेकपा अध्यक्षसमेत रहेका Read More…

समाचार

सरकारले ल्याएको दुवै अध्यादेश राष्ट्रपति भण्डारीद्वारा खारेज

काठमाडौं, बैशाख १२ । सरकारले ल्याएका दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छिन् । सरकारले सोमबार ल्याएका विवादास्पद दुबै अध्यादेश फिर्ता लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । उनले संविधानको धारा ११४ को उपधारा ९२० को खण्ड (ख) बमोजिम अध्यादेश खारेज गरेकी हुन् । सरकारले गत बैशाख ८ गते बसेको मन्त्रीपरिषद्को Read More…

संघ \संस्था स्वास्थ्य

प्रदेश सरकारले उदयपुरमा कोरोना अस्पताल बनाउने

विराटनगर, बैशाख १२ । कोरोना भाइरस कोभिड–१९ संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा प्रदेश सरकारको तर्फबाट सामाजिक विकास मन्त्री जीवन घिमिरेले अनुगमन गरेका छन । अनुगमन सँगै मन्त्री घिमिरले उदयपुरमा कोरोनो उपचार केन्द्र बनाउनका लागि एक करोड बजेट विनियोजन भइसकेकाले तत्काल प्रक्रिया अघि बढाउन अस्पताल विकास समितिलाई निर्देशन दिएका छन । संक्रमणपछिको अवस्था, रोकथाम, Read More…

समाचार

पानीमा डुवेर ३ जना बालकको मृत्यु

काठमाडौं, बैशाख १२ । बाँकेको बैजनाथ गाउँपालिका–२ स्थित पितमारीमा नालामा जम्मा भएको पानीमा डुवेर ३ जना बालकको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–२ स्थित पितमारीमा निर्माणाधीन अवस्थमा रहेको क्षेत्रीय कारागारको कम्पाउण्ड बाहिर रहेको पानी निकासको लागि खनेको नालामा जम्मा भएको पानीमा डुबेर तीन जना बालकको बिहीबार साँझ मृत्यु भएको हो । मृत्यु हुने बालकहरुमा सोही Read More…

समाचार

दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

काठमाडौं, बैशाख १२ । सरकारले सोमबार जारी गरेका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले बताए । अध्यादेश फिर्ता लिनका लागि सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ राजनीतिक दल विभाजन गर्दा केन्द्रीय Read More…

समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुग्यो

काठमाडौं, बैशाख १२ । भोजपुरमा पनि कोराना भाइरस कोभिड–१९ का एक संक्रमित भेटिएका छन् । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ । उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आइसकेको छैन । योसँगै कोरोना Read More…

विश्व

कोरोना भाइरस: मृत्यु हुनेको संख्या १ लाख ९० हजार नाघ्यो

काठमाडौं, बैशाख १२ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख ९० हजार ४२२ जनाको मृत्यु भइसकेको छ । विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट २७ लाख १५ हजार ६१४ जना संक्रमित भएका छन् । विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण बितेको २४ घण्टाको अवधिमा मात्रै ६ हजार Read More…