समाचार

नेपालमा थप १० जनामा कोरोना पुष्टि

काठमाडौं, बैशाख २९ । कपिलवस्तुमा सोमबार १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालमा गरिएको परिक्षण अनुसार १० जनामा नयाँ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

उनीहरु कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका वडा नम्बर ७ र १० का १८ देखि ३४ वर्षका पुरुषहरु रहेका छन् भने एकजना पुरुषको भने उमेर नखुलेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published.