संघ \संस्था

सत्य साई केन्द्र प्रदेश एकले असाहयलाई खाना खुवाउदै

भूपेन चौलागाई
झापा, बैशाख २९ ।
सत्य साई केन्द्रसंगठन प्रदेश एकले असाहयलाई खाना खुवाउदै आईरहेको छ ।

विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण विश्वका शक्तिशाली र मै हु भन्ने राष्ट्रहरु पनि अहिले हार मानिरहेका छन् । यसको संक्रमणबाट नेपाल पनि अछुतो छैन । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि संसारले गरेको अभ्यास लकड़ाउन देशै भरी जारी गरेको छ । अहिले देशको विभिन्न ठाउमा रहेका विपन्न, दैनिक ज्यालामजदुरी गरी जिविकोपार्जन गर्ने, असाहय, सडकको पेटीमा रहेका मानसिक सन्तुलन गुमाएकाहरुलाई बढी समस्या परेका छन् ।

झापामा यस्तै समस्यामा परेकाहरुलाई खाना खुवाई रहेको छ सत्य साई केन्द्र संगठन नेपाल प्रदेश एकले । झापाका बिभिन्न स्थान बाट हिड़ेका बटूवा, मानसिक सन्तूलित गूमाएका मानिस, असक्त असाय , परीवार नभहेका जेष्ठनागरीक, महिला बालिकाहरू कोहि भोकै हूनूनपरोस भनि उनिहरुलाई खाना खुवाएको सत्य साई केन्द्र संगठन नेपाल प्रदेश एक का अध्यक्ष कबिन्द्र श्रेष्ठले बताए ।

सत्य साई केन्द्र संगठन नेपालले गरीब दुःखी र भोका पेटलाई साई प्रसादद्वारा भोकोपेट भरीरहेका छन् । लकडाउन पश्चात सुरु गरेको अभियान अहिले पनि जारी रहेको संगठनका अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार संगठनले अहिले सम्म १२५ भन्दा बढी विपन्न परिवारलाई पालिकाको नियम अनूसार चामल, दाल, नुन, सब्जीलगायतका खाद्यन्न राहत उपलब्ध गराई सकेको छ ।

साथै सत्य साई सेवा संगठन नेपाल प्रदेश एक ले मेचिनगरको प्रवेश द्वार चाराआलीमा राखिएको चेकिंग पोष्टलाई दैनिक नास्ता र पानी पनिको ब्यवस्था गरीरहेको छ ।

Leave a Reply

Your email address will not be published.