समाचार

नेपालमा पहिलो पटक कोराना भाइरसबाट एकको मृत्यु, संक्रमितको स‌ंख्या २८१ पुग्यो

काठमाडौं, जेठ ३ । नेपालमा पहिलो पटक कोराना भाइरसको संक्रमणबाट नेपालमा एक जनाको मृत्यु भएको छ । २८१ जना संक्रमित भएका छन् । आज एकै दिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा २८१ कोरोना संक्रमित मध्ये ३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published.