संघ \संस्था

मेचीनगर–४ द्वारा टोल विकास संस्थालाई टनेल प्रदान

झापा, जेठ ५ । मेचीनगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालयले सोमबार वडामा रहेका टोल विकास संस्थालाई टनेल प्रदान गरेको छ । वडाको २२ वटा टोल विकास संस्थालाई वडा कार्यालयले टनेल वितरण गरेको हो ।

तरकारीमा परनिर्भरता हटाउदै वडालाई तरकारीमा आत्मनिर्भर बनाउनका लागि वडा कार्यालयले निःशुल्क टनेल वितरण गरिएको मेचीनगर–४ का वडाध्यक्ष नविन बरालले बताए । उनका अनुसार वडालाई कृषिमैत्री बनाउदै बेमौसमी सागसब्जी उत्पादनको निम्ति वडाभित्रका सवै बाझो जग्गामा खेतीपाती गर्ने उद्घेश्यले प्रतिगोटा करीव ६ हजार मुल्य बराबरका टनेल वितरण गरिएको बताए ।

वडाले यस अघि नै १ हजार १ सय ५० घरधुरीलाई टोल विकास संस्थामार्फत घरघरमा पुगेर भिन्डी, बोडी, करेला, लट्टेको साग, लौका, घिरौलाको विउँविजन वितरण गरि सकेको छ ।

Leave a Reply

Your email address will not be published.