संघ \संस्था

मेचीनगर कोरोना कार्यदलबाट आचार्य र निरौलाले दिए राजिनामा

झापा, जेठ ११ । कोरोना भाइरस नियन्त्रणका लागि मेचीनगर नगरपालिकाले गठन गरेको कोरोना भाइरस नियन्त्रण विषेश कार्यदलबाट सदस्यद्वय आचार्य र निरौलाले आईतबार संयुक्त राजिनामा दिएका छन् ।

मेचीनगर प्रमुख विमल आचार्यको नेतृत्वमा रहेको उक्त कार्यदलका सदस्यहरु सन्तोष आचार्य र ज्ञानेन्द्र निरौलाले आज संयुक्त रुपमा राजिनामा दिएका हुन् । आचार्य र निरौलाले नगरपालिका कार्यलयमा राजिनामा पत्र बुझाए पछि संयुक्त प्रेस बिज्ञप्ती मार्फत राजिनामा दिएको जानकारी गराएका छन् ।

कोरोना भाइरसको विश्वप्यापी संक्रमणको अवस्थाबाट नगरबासीलाई सुरक्षीत राख्ने कार्ययोजना सहित बनेको कार्यदलमा बसेर काम गर्ने वातावरण नभएकाले राजिना दिनु परेको पत्रकार समेत रहेका आचार्य र निरौलाले जनाएका छन ।

संकटको सामना गर्न नागरिकको सुरक्षाका लागि व्यवस्थित क्वारेन्टाइन बनाउनु पर्ने, आइसोलेशन वार्ड निर्माण गर्नु पर्ने, भारतीय सीमामा रहेका नेपालीलाई ल्याउँदा अपनाउनु पर्ने न्युनतम् स्वास्थ्य सुरक्षा विधि अपनाउनु पर्ने, फ्रन्डलाईनमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारीहरुलाई पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउँनु पर्ने, रोगको संक्रमण देखिएको अवस्थामा आइपर्ने आपतकालिन सुविधाको पूर्व तयारी गर्नु पर्ने, आफ्ना नागरिकलाई ढुक्क हुने वातावरण बनाउनु पर्ने जस्ता सुझावलाई बेवास्ता गर्दै कार्यदलको बैठकमा छलफलै नभएका विषयहरु निर्णय भएको भन्दै मनोपोली कार्य गर्ने क्रम निरन्तर बढीरहे पछि कार्यदलमा बसेर काम गर्ने अवस्था नभएकाले राजिनामा गर्नु परेको पत्रकार महासंघ झापाका सचिव समेत रहनु भएका आचार्यले बताए ।

यो समयमा कुलो पैनी निर्माण भन्दा नगरबासीको स्वास्थ्य प्राथमिकतामा राखेर काम गर्न पटक पटक आग्रह गर्दा समेत नगरपालिकाको नेतृत्व त्यस तर्फ गभ्भिर नभएकाले र कार्यदलका बैठकमा सुझाव दिंदा सबैकुरा आफुले मात्रै जानेको र सबै काम गरेको भन्ने अभिब्यक्ति आउनेक्रम नरोकिए पछि कार्यदलबाट राजिनामा दिनु परेको रेडियो साथी काकरभिट्टाका कार्यकारी निर्देशक समेत रहेका निरौलाले बताए ।

जनताको अधिकार कुण्डित गर्ने, व्यक्तिगत स्वार्थ पूर्तिमा तल्लिन हुने र व्यक्तिगत पूर्वाग्रहलाई केन्द्रमा राखेर कार्य गर्ने प्रवृति त्याग्न र संकटमा सबैलाई सगै लिएर हिड्ने वातावरण बनाउन आचार्य र निरौलाले बिज्ञप्ती मार्फत नगर नेतृत्वलाई आग्रह गरेका छन् ।

मेचीनगरका मुख्य राजनितिक दलका नगर नेतृत्व सहित १५ सदस्यीय रहेको कार्यदलको बैठकमा नै नेतृत्वको कार्यशैली प्रति असन्तुष्टी देखाउँदै कार्यदलका सदस्य तथा मेची अभियानका संयोजक बिजय डालमियाले यस अघि नै राजिनामा दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published.