अर्थ

नेपाल निम्न मध्यम आय भएको मूलुकको सूचिमा

काठमाडौं, असार १९ । नेपालीहरूको प्रतिव्यक्ति आय बृद्धि भएको छ । विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ ।

सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर रहेकोमा सन् २०२० को जुलाई १ सम्म एक हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ । योसँगै नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ ।

विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा परेको हो । विश्व बैंकले संसारभरका देशहरुलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न आय भएको मुलुकमा वर्गीकरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.