हरि प्रसाद दाहाल(दिनेश)
काठमाडौं, असार २९ । भुवन केसी र साम्राग्यी राज्य लक्ष्मी शाह को विवाद यत्तिखेर दिन प्रतिदिन बढिरहेको छ, साम्राग्य्यी को इन्स्टाग्राम बाट सुरु भएको यो विवाद यत्तिखेर (केजि) हुँदै (टन) पुगिसकेको छ, अभिनेता केसि ले संघ मा निवेदन नै दिन भ्याइसकेका छन भने संघ ले यो मुद्दा लाई आपसी सहमति मा मिलाउने जोड दिदै अनुशन्धान लाई अघि बढाइरहेको अवश्था छ ! अर्को तिर भुवन आफ्नो बचाउ गर्न भनौ या बास्तबिकता बारे बोल्न भन्दै दिन प्रतिदिन अन्तरबार्ता दिने होड मा लागेका छन्, भने अभिनेत्री शाह पनि आफ्नो पक्ष बाट उनलाइ सहि प्रमाणित गर्न लागि परिरहेकै छिन्,
भनिन्छ नि हरेक घटनाको तीन वटा पाटो हुन्छन् प्रथम पक्ष, दोश्रो पक्ष र अनि बास्तबिक पक्ष (सत्य) जुन कहिल्यै पनि बाहिर आउदैन। खैर, आशा गरौ यो विवाद लाई लिएर त्यस्तो नहोस् दर्शक भ्रम मा नै रहन बाध्य नहुन, यदि यसरी नै दिन प्रतिदिन यस्ता विवाद हरु आउने क्रम बढ्दै गए भने नेपाली चलचित्र क्षेत्र प्रती दर्शक को मनोबल मा कस्तो छाप रहने हो भन्ने बारे त हामिले भनिरहनु पर्दैन होला नि हैन ररु त्यसैले एक आपस मा लडेर हैन डटेर लागौ यस्ता विवाद जत्ती सक्दो चाडो सुल्झाउ र सुनौलो बिहानी फर्काउने तिर अघि सरौ न !

