विचार

कोरोनाको संक्रमण घटेको कि लुकाइएको ?

बविता थापा (सन्ध्या)
पाल्पा, असार २९ ।
क्षमा प्राथी छु समाचारमा जे तथ्य देखे जे हो त्यसैमा आधारित भएर लेख लेख्न खोजेकि छु ।

हामीले सुन्दै आएका छौ, नेपालमा दिनप्रतिदिन कोरोना सङ्क्रमित बिरामीको संख्या बढेको छ तर केही दिन यता सङ्क्रमित बिरामीको संख्या एक्कासी घटेको छ यो समाचारले हामी सबै अचम्मित छौ के साच्चै बिरामीको संख्या घटेकै हो त ? कि परिक्षण घटाइएको हो ?

डाक्टर भगवान कोईराला भन्नुहुन्छ परिक्षणको दायरा बढाउनुपर्छ भनेर पटक पटक भनेको छु सुनुवाई नभएपछि विज्ञ समुहका छलफलमा जानै छोडे ,अहिले जसरी परिक्षण घटाएर सङ्क्रमित घटे भनेर देखाउन खोजिएको छ ,यो मुर्खता हो ।

यो समाचारले हामी सबैमा त्रास पैदा गरेको छ हो दिनमा सात सय बिरामी सङ्क्रमित संख्या एक्कासी घटेर साठी जनामा झर्नु भनेको यो आश्चर्य नै हो ।

नेपालमा यस्तो कसरी सम्भव छ हामीले बुझेको कुरा हो जहाँसम्म परिक्षण राम्रो भएन वास्तविक यहि नै हो । यो समय झन् बाहिरी देशबाट नेपालीहरु आउने क्रम पनि जारी छ तै पनि सङ्क्रमित संख्या पनि घट्दो छ यो अलि उचित भएन कि ? कतै बिरामी संख्या लुकाईएको त होईन ?

लकडाउन कडा बनाउनु बिरामीको हेरबिचार गर्नु कसरी सङ्क्रमित घट्छ त्यो राम्रो कुरा हो तर परिक्षण नै नगरि एक्कासी संख्या घट्नु यो खतराको संकेत हुन सक्छ। नेपालीहरुको आत्मबल छ केही हुँदैन भन्दैमा बिरामीको चेकजाँच नै नगर्नु त झन् भयानक रोग निम्त्याउनु हो।

जबसम्म सङ्क्रमित परिक्षण राम्रो हुदैन तबसम्म बिरामीको संख्या घट्दैन। त्यसैले
परिक्षण संख्या बढाउ बिरामी सङ्क्रमित संख्या नलुकाउ । लकडाउनको पालना गरौ घरमै बसौ आफ्नो सुरक्षा आफै गरौ आफू बचौ र अरूलाई बचाऊँ ।

Leave a Reply

Your email address will not be published.