स्वास्थ्य

थप १४७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १८ हजार २४१ पुग्यो

काठमाडौं, साउन ८ । नेपालमा आज (बिहीवार) थप १४७ जनामा कोरोना भाईरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार २४१पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार Read More…

विचार

लकडाउन खुल्यो, जोखिम बढ्यो

काठमाडौं, साउन ८ । सरकारले कोरोना संक्रमण रोकथामको कुनै आधार तयार नगरि लकडाउन हटाएको स्वास्थ्य विज्ञहरुले आरोप लगाएका छन् । सरकारले चैत ११ गते देखि जारी लकडाउन साउन ६ बाट हटाएसंगै विज्ञहरुले यस्तो आरोप लगाएका हुन् । विज्ञहरुले कुनै पनिबेला कोभिड–१९ को संक्रमण व्यापक हुने चेतावनि पनि दिएका छन् । लकडाउन खोलेपनि संक्रमितको संख्या देखिने Read More…

संघ \संस्था

वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

कञ्चनपुर, साउन ८ । अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी गरेका छन् । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ । कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए । कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन Read More…

खेलकुद

राखेपको सदस्य सचिवका लागि तीन जनाको भीडन्त, कसले मार्ला बाजी ? आज टुंगो लाग्ने सम्भावना

काठमाडौं, साउन ८ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवका लागि आवेदन दिएका २७ आवदेकमध्येबाट ३ जनाका नाम सिफरिस गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामकुमार थपलियाको संयोजककत्वमा रहेको समितिले तीन जनाको नाम छनोट गरेको हो । सो नाम युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई बुधबार नै बुझाइएको हो। ती तीन जना Read More…