संघ \संस्था

बाहुण्डाँगी जेसीजको सप्ताह जारी

बाहुण्डाँगी कात्तिक, २८ । बाहुण्डाँगी जेसीजले वर्ष २०२१ को आइतवारबाट सुरु भएको जेसीज सप्ताह अन्तरगत सोमवार दुई वटा तालिम सम्पन्न भएका छन् ।
पहिलो सत्रमा नयाँ सदस्यलाई स्वागतसहित जेसीजमा किन लाग्ने र यसबाट युवाहरुले गर्नु पर्ने भूमिकाका विषयमा तालिम दिइएको थियो ।

जसमा धुलावारी जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर अनन्त वस्तीले सहभागिलाई तालिम प्रदान गर्नु भएको थियो । उक्त तालिममा यो वर्ष शाखामा आएका २७ जना नयाँ सदस्यहरु सहभागि थिए । यसैगरी दोस्रो सत्रमा कोही कसरी नेतृत्व बन्छ भन्ने विषयमा युवाहरुसँग नेतृत्व सम्वाद गरिएको थियो । जसको सहजीकरण लेखक तथा विश्लेषक उज्वल प्रसाईले गर्नु भएको थियो । उक्त कार्यक्रममा ८० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

शाखाका अध्यक्ष दिपक बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि शाखाका संस्थापक अध्यक्ष नविन बराल रहनु भएको थियो । कार्यक्रम संयोजक बेग सुनुवारले स्वागत गरेको र्काक्रममा आस्थापाठ २०२१ का अध्यक्ष सल्लाहकार देबु बानियाँ र सञ्चालन महासचिव केवल निरौलाले गरेका थिए ।