खेलकुद

नेयमारको गोलमा पीएसजीलाई फ्रेन्च कपको उपाधि

काठमाडौँ, साउन १० । ब्राजिली स्टार फरवार्ड नेयमारको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कोपा डि फ्रान्सको उपाधि जीतेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा सेन्ट इटिनेलाई १–० ले पराजित गर्दै पीएसजीले कोपा डि फ्रान्सको उपाधि जीतेको हो ।

पीएसजीलाई च्याम्पियन बनाउन ब्राजिली स्टार फरवार्ड नेयमारले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १४औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

सेन्ट इटिनेका डिफेन्डर म्याथिउ डिबुचीको गल्तीमा फ्रेन्च फरवार्ड केलियन एमबाप्पेले नेयमारसँग वान टु वानमा उत्कृष्ट मुभमा गरेको प्रहारलाई सेन्ट इटिनेका गोलरक्षक जेसे मौलिनले बचाएपनि रिवाउन्डमा नेयमारले गोल गर्न सफल भएका थिए ।

३१औं मिनेटमा सेन्ट इटिने १० खेलाडीमा समेटिएको थियो । कप्तान लोइक पेरिन सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो ।

पीएसजीको यो सिजनको दोस्रो उपाधि हो । पीएसजी यसअघि फ्रेन्च कपको च्याम्पियन बनेको थियो । अब पीएसजीले फ्रेन्च लिग कपको उपाधिका लागि लियोनसँग १ अगस्टमा प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published.