अर्थ संघ \संस्था

सहाराले गरिदियो सत्यालको ५ लाख कर्जा मिनाह

झापा, साउन १० । सहारा नेपाल साकोस राजगढ सेवा केन्द्रले आफ्नो सदस्यको ५ लाखको कर्जा मिनाह गरिदिएको छ । सहारा नेपाल साकोसले सदस्य बाह्रदर्शी ५ घोडामाराकी नरमाया सत्यालको श्रीमानको मृत्युु पश्चात् सो मुल्यको कर्जा मिनाह गरिदिएको हो ।

सहारा नेपाल साकोसले आफ्नो सदस्यलाई समस्या परेको बेला दःखमा साथ दिदै दःखमा मल्हम लगाउने प्रयास गरेको राजगढ सेवा केन्द्रका प्रमुख एकदेव कट्टेलले बताए ।

सहारा नेपाल साकोस राजगढ सेवाकेन्द्र संचालक उपसमिति संयोजक मोहन बिक्रम ओलीको अधयक्षतामा आयोजित कर्जा मिनाह कार्यक्रममा बाह्रदर्शी गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भुपेन्द्र कटुवालको प्रमुख आतिथ्यता रहेको थियो ।

No description available.

Leave a Reply

Your email address will not be published.