धर्म संस्कृती

आज गणेश चतुर्थी, भगवान् गणेशको विशेष पूजाअर्चना गरी मनाउदै

काठमाडौं, भदौ ६। आज गणेश चतुर्थी । देशभरका गणेश मन्दिरमा विशेष पूजाअर्चना गरी भगवान् गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको गणेश चतुर्थीमा विशेष पूजा गरिन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।