समाचार

एकै परिवारका ३ जनाकाे शव फेला

काठमाडौं, भदौ २६ । भक्तपुरकाे मध्यपुर थिमी नगरपालिकामा ३ जनाकाे शव फेला परेकाे छ । मध्यपुर थिमी नगरपालिका–९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका प्रहरीले जनाएकाे छ ।

घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थल पुगेका छन् । प्रहरी स्राेतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ । घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।