मेचीनगर, असोज २३ । मेचीनगरमा शुक्रबार आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १६३ पुग्यो ।
मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार शुक्रबार थप मेचीनगरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर–८ का ४ जना र मेचीनगर–७ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको मेचीनगरपालिकाले जनाएको छ ।

