काठमाडौं, पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले संसद विघठनका लागी सिफारीस गरेका हुन् । प्रधानमन्त्री ओली उक्त निर्णय गरेर हिडेका छन् । तर,मन्त्रीहरु भने बैठकमा बसिरहेका छन् । नेकपाका अर्का अध्यक्ष प्रचण्ड बालुवाटारमा भएको बेला प्रधानमन्त्रीले उक्त निर्णय गरेका हुन् ।
संसद् विघटन गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति कांग्रेसको आपत्ति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति आपत्ति जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान आकस्मिक रूपमा मन्त्रिपरिषद बैठक बोलाउँदै संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त सिफारिसकोे प्रतिवाद गर्ने बताउँदै संसद विघटन प्रधानमन्त्रीको अविवेकी निर्णय र अधिनायकवादी आकांक्षाको निर्णय भएको बताए ।

