खेलकुद

लिभरपुलसंग न्युक्यासलको बराबरी

काठमाडौं, पुस १६ । प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले न्युक्यासलसँग बराबरी खेलेको छ। बुधबार राति न्युक्यासलको घरेलु मैदानमा लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँढेको हो ।

बराबरीको नतिजापछि पनि लिभरपुलले दोस्रो स्थानको म्यान्चेष्टर युनाईटेडसंग तीन अंकको अग्रता कायमै राखेको छ । न्युक्यासल १९ अंक जोड्दै तालिकाको १४औँ स्थानमा छ ।