बाहुण्डाँगी । नेपालकै जेठो शाखा पाटन जेसीजको अध्यक्षमा प्रवेश मल्ल निर्वाचित भएका छन् । शनिवार सम्पन्न शाखाको ५१ औँ साधारणसभा तथा ३५ औँ शाखा अधिवेशनले मल्ललाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा प्रकृति जोशी, उपाध्यक्षहरुमा श्रवण भट्ट, रश्मी तन्दुकर सुपाश्री अमात्य र सुरेन्द्र अमात्य निर्वाचित भएका शाखाका २०२१ का अध्यक्ष जाजाल्वयमान जोशीले बताउनु भयो ।

