बाहुण्डाँगी, ४ माघ । चारआली जेसीजको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
शनिवार सम्पन्न शाखाको आठौं अधिवेशनले न्यौपानेलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो ।
चारआली जेसिजका संस्थापक सदस्य न्यौपाने, वर्ष २०१४ मा सञ्चार संयोजक, वर्ष २०१५ मा उपाध्यक्ष, वर्ष २०१६ मा वरिष्ठ उपाध्यक्ष, वर्ष २०१७ मा सचिव, वर्ष २०१८ मा महासचिव, वर्ष २०१९ मा जनसम्पर्क अधिकारी र वर्ष २०२० मा कानुनी सल्लाहकारको जिम्मेवारी सम्हाली सकेका न्यौपानेलाई २०२१ का लागि अध्यक्ष पदमा चयन गरेको हो ।
यसैगरी जेसीजको कार्यकारिणी उपाध्यक्षमा सुजुप सुवेदी र कुमार तामाङ सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन आयुक्त तथा चारआली जेसिज वर्ष २०१९ का अध्यक्ष उत्तमप्रसाद पकुवालले जानकारी दिए ।
त्यस्तै उपाध्यक्षमा क्रमशः होमनाथ ढकाल, भुपेन्द्र प्याकुरेल, जीवन दाहाल र शिक्षा घिमिरेलाई सर्वसम्मत चयन गरिएको छ । त्यसैगरी बाँकी पदाधिकारी नवगठित कार्य समितिले चयन गर्ने छ ।
त्यस्तै साधारणसभाको अवसरमा नयाँ सदस्यहरुलाई स्वागतसहित सपथ ग्रहण पनि गराइएको छ । अधिवेशन शाखाका अध्यक्ष दिपेन्द्र निरौला (विकास) को अध्यक्षमा भएको थियो ।

