बाहुण्डाँगी, ४ माघ ।सुरुंगा जेसीजको सन् २०२१ लागि अध्यक्षमा उषा उप्रेती (यदुमाया) सर्वसम्वत निर्वाचित भएकी छिन् ।
जेसीजको शनिबार सम्पन्न १३ औं बार्षिक साधारणसभा तथा अधिवेशनबाट उप्रेती निर्वाचित भएकी हुन् । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा राजकुमार कट्टेल, सुदिप भण्डारी सर्वसम्वत निर्वाचित बनेका छन् ।
जेसीजको विधान अनुसार चारजना उपाध्यक्ष रहने व्यस्था छ जस अनुसार उपाध्यक्ष पदमा मुक्ता कार्की, रिसव सिंह चाहार, खुश्बु पौडेल, प्रतापबाबु जमर कट्टेल सर्वसम्वत चयन भएको निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष कमल कट्टेलले जानकारी दिए ।
जेसीजको अन्य पदहरु महासचिव, कानूनी सल्लाहाकार, कोषाध्यक्ष, तालिम संयोजक, जनसम्पर्क अधिकारी लगायत पदमा आउदो पदहस्तान्तरण समारोहमा पदाधिकारीहरु मनोनित गरिने बताईएको छ ।
शाखाको अधिवेशन यस अघि नै सम्पन्न भएको अध्यक्ष त्रिलोचन न्उप्रेतीले बताउनु भयो ।

