संघ \संस्था

भद्रपुर जेसीजको अध्यक्षमा निकाश पाण्डे निर्वाचित

बाहुण्डाँगी, ५ माघ । भद्रपुर जेसीजको अध्यक्षमा निकाश पाण्डे सर्वसम्वत निर्वाचित हुनु भएको छ ।
शनिवार सम्पन्न शाखाको ४५ औ शाखा अधिवेशनले पाण्डेलाई सर्वसम्वत निर्वाचित गरेको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षहरुमा अरिफ अलि र रमेश कार्की, उपाध्यक्षहरुमा रविन कार्की , शैलेश श्रेष्ठ , एकराज भट्टराई र अभिषेक प्रधान निर्वाचित हुनु भएको शाखाका अध्यक्ष डिल्लीराम पोखरेलले बताउनु भयो । साथै नवनिर्वाचित अध्यक्ष पाण्डेले महामसचिवमा मनोज भट्टराई (कोषाध्यक्षमा युबराज न्यौपानलाई मनोनित गुर्न भएको छ । अधिवेशनको निर्वाचन आयुक्त निवर्तमान अध्यक्ष अनुज खतिवडा हुनुहुन्थ्यो ।