संघ \संस्था

देवदह जेसीजको अध्यक्षमा राजेन्द्र न्यौपाने निर्वाचित

बाहुण्डाँगी । देवदह जेसीज २०२२ का लागि अध्यक्षमा राजेन्द्र न्यौपाने निर्वाचित भएका छन् । शनिवार सम्पन्न शाखा अधिवेशनले न्यौपानेलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा धर्मराज चापागाई र धर्मराज ढकाल, उपाध्यक्षहरुमा अस्मिता गुरुङ, अन्दा पाठक, मधु भण्डारी र दिनेशराज पराजुली, सहसचिवमा प्रशान्त रिमाल र सहकोषाध्यक्षमा रामचन्द्र न्यौपाने निर्वाचित भएका छन् । यसैगरी महासचिवमा दुर्गा ढकाल, कानुनी सल्लाहकारमा कृष्ण पौडेल र कोषाध्यक्षमा प्रकाश कडेँले मनोनित भएका छन् । कार्यक्रम शाखाका अध्यक्ष केशवराज पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो ।