बाहुण्डाँगी, ५ माघ । चक्रघट्टी जेसीजको वर्ष २०२१ को अध्यक्षमा तिर्थराज भट्टराई निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न शाखा अधिवेशनबाट भट्टराई निर्वाचित हुनु भएको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षका महेश घिमिरे र सुरज राउत तथा उपाध्यक्षहरुश्रमा नोना ढुंगेल, प्रबिण बुढाथोकी, सुजन ढकाल र मनोज योन्जन तामाङ निर्वाचित भएका शाखा अध्यक्ष सन्तोष चम्लगाईले बताउनु भयो ।
जेसीजको कानुनी सल्लाहकार, तालिम संयोजक, महासचिव, सचिव लगायतका पदको मनोनयनसहित कार्यसमिति संचालित हुने छ ।

