बाहुण्डाँगी, माघ १६ । माघ १६गते सहिद दिवसको अवसरमा गीतानगर जेसीज र गीतानगर जुनियर जेसीज, तुलसीपुर नगर जेसीज, पर्वत जेसीज र लुभु जेसीजले सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ।
गीतानगरले भरतपुर ६ गीतानगर बि..पी. चोकमा नेपालको झण्डा अंकित चित्र बनाई दिप प्रज्वलन गरिएको हो। भरतपुर ६का वडा अध्यक्ष हरिबिलास कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम गीतानगर जेसीज बर्ष २०२१का अध्यक्ष जेसी अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी कोइरालाले सहिदहरुप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरुले नेपालको लागि बगाएको रगतलाई सधैं सम्मान गर्न र सहिदहरुलाई एकदिन मात्र हैन हरेक दिन सम्झनुपर्छ भन्दै सहिदहरुले देशको लागि गरेको त्यागबाट पाठ सिक्न समेत सबैलाई अनुरोध गर्नुभएको थियो।
उक्त दिप प्रज्वलन कार्यक्रमको जु।जेसी शर्मिका कार्की कार्यक्रम संयोजक रहनुभएको थियो भने उक्त दिप प्रज्वलन कार्यक्रममा गीतानगर जुनियर जेसीज बर्ष २०२१का अध्यक्ष जु।जेसी बिन्दु कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो।उक्त कार्यक्रम गीतानगर जुनियर जेसीज बर्ष २०२१कि महासचिव मनिता तामाङले संन्चालन गर्नुभएको थियो।

यसैगरी, तुल्सिपुरनगर जेसिजको आयोजनामा आज सहिद दिवसको अवसरमा तुल्सिपुर स्थित जेसिजचोक मर्मत तथा सहिदको सम्मानमा दिप प्रज्वलन गरियो । तुल्सिपुरनगर जेसिज बर्ष २०२१ का अध्यक्ष नेत्रलाल भट्टराई (नारायण) को अध्यक्षता, तुल्सिपुरनगर जेसिजका पुर्ब अध्यक्ष जेसिजचोकका सस्थापक जेसि बिमल पौडेलको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संयोजक चुडामणि कडेल ( चेतन) को स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा आस्थापाठ बर्ष २०२१ का कोषाध्यक्ष जेसि शरद देबकोटाले गर्नुभएको कार्यक्रमको संचालन महासचिव दामोदर न्यौपानेले गर्नुभएको थियो ।

यसैगरी पर्वत जेसीजको आयोजना मा यहि माघ १६ गते शहिद दिबस को अवसरमा कुश्मा लोकतान्त्रिक शहिद चोक स्थित शहिद गोबिन्दनाथ शर्मा को शालिक मा दीप प्रज्वलन गरिएको छ।
पर्बत जेसीज का अध्यक्ष जेसी सुमन श्रेष्ठ को अध्यक्षता र शहिद परिवार का सदस्य देव शर्मा को प्रमुख आतिथ्यता सम्पन्न भएको छ । पर्वत जेसीज अध्यक्षिय क्लब का अध्यक्ष जेसी प्रेम कुमार गुरुङ्ग , पुर्व अध्यक्ष जेसी मोहन आचार्य, कार्यक्रम संयोजक जेसी गणेश पौडेलु द्दच्न् ु ले शहिदहरु प्रती सम्मान प्रकट गर्नु भएको थि यो भने आस्थापाठ उपाध्यक्ष जेसी कृष्ण प्रसाद श्रेष्ठ ुराम ु ले र कार्यक्रम सन्चालन सह(सचिब जेसी पुजा अधिकारी ले गर्नुभएको थियो। लोकतन्त्र स्थापना को लागि ज्यान आहुती दिने शहिदहरु को स्मृति र सम्मान को लागि कार्यक्रम सन्चालन गरिएको अध्यक्ष सुमन श्रेष्ठ ले बताउनु भयो ।

यसैगरी लुभू जेसीजले पनि सहिद दिवसको अवसरमा सहिदहरुको सम्झना गर्दै दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । शाखाकी अध्यक्ष सुलोचना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष शिभानी कार्की, पूर्व अध्यक्षहरु सुभाष श्रेष्ठ, श्रीजित श्रेष्ठ, बिपेन्द्र श्रेष्ठलगायत स्थानीय व्यक्तिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम स्थानीय व्यक्त् िअरुण श्रेष्ठले संयोजन गर्नु भएको थियो ।

यसैगरी कालिका जेसीजले पनि सहिद दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । सहिदहरुको सम्झना गर्दै मौनधारणसहित सुरु भएको कार्यक्रममा सहिदहरुको सम्झनामा दीप प्रज्वलन गरेको शाखाका अध्यक्ष सन्देश रेग्मीले बताउनु भयो । साथै वार्ड नम्बर १ का अध्यक्ष लिला बहादुर गुरुङ,, वडा नम्बर का वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, मान्यार्थ सदस्य समाजसेवी डा. हरि कडेल,शिव शर्मा पौडेल लगायत नगरपालिका वार्ड न। १,४,का वार्ड अध्यक्ष हरु रहेका थिए ।


