संघ \संस्था

मेयरले दिए आफू चढ्दै गरेको गाडी प्रहरीलाई

झापा, माघ १६ । झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेलले आफुले चढ्दै आएको सवारी साधान इलाका प्रहरी कार्यालय सुरुङ्गालाई हस्तान्तरण गरेका छन् ।

नगरप्रमुख पोखरेलले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सई उदयशम्सेर जबरालाई आज एक कार्यक्रमकावीच उक्त गाडीको चावी हस्तान्तरण गरेका हुन् ।

आफुले चढ्दै आएको बुलेरो गाडी प्रहरीलाई दिँदा जनताको सुरक्षामा झन सहजता हुने भएकाले प्रहरीलाई दिएको पोखरेलले बताए ।

नगरप्रमुख पोखरेलले आफ्नो तलव पनि मजदुरहरुलाई प्रदान गर्दै आएका छन् । नगरप्रमुखले गाडी दिएपछि जनताको सुरक्षाका लागि सहज भएको सई जवराले बताए ।