समाचार

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवतीको मृत्यु

नरेन इलामेली
इलाम, माघ १४ ।
इलाममा बुधबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । बुधबार दिउँसो जिल्लाको ईलाम नगरपालिका ९ स्थित मेची राजमार्गमा ईलामबाट झापा तर्फ जादै गरेको को १८ प ६९७ नम्बरको मोटर साईकललाई सोही दिशाबाट जादै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट मोटर साईकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडी सवार जिल्ला इलाम माईजोगमाई गाँउपालिका ३ मानचोकी २८ बर्षिय सन्जु आचार्यको घट्ना स्थलमानै मृत्यु भएको हो।

मृत शवको कानुनी पकृया पुरा गरी पोसमार्टमको लागी इलाम अस्पताल पठाईएको छ । मोटसाइकलमा सवार मृतक आचार्यको २ वर्षिय छोरा सरोज आचार्य र मोटरसाइकल चालक जिल्ला ईलाम सुर्योदय नगरपालिका १० का ४२ वर्षिय उमेश शाहा गम्भीर घाइते भएका छन् । घाइते दुबैलाई उपचारका लागि झापाको विर्तामोड पठाईएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

ठक्कर दिने ट्रकका चालक पाँचथर हिलिहाङ ७ का ३६ बर्षिय भवानी प्रसाद तिमल्सिना जिल्ला प्रहरी कार्यालय इलामको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कर्यालय इलामका सूचाना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिए ।