संघ \संस्था

अध्यक्षमा मीना राजवंशी सर्वसम्मत

मेचीनगर, माघ १४ । शिवालय काली–कृष्ण मन्दिरको दुई वर्षे कार्यकालका लागि पहिलो वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः मीना राजवंशी चयन भएकी छिन् ।

मंगलबार मेचीनगर–८ सुर्योदय टोलमा रहेको मन्दिर परिसरमा सम्पन्न साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा राजवंशी चयन भएकी हुन् ।

संंस्थाको उपाध्यक्षमा रामलाल शिलशर्मा, सचिवमा दिलिपकुमार राजवंशी र कोषाध्यक्षमा चन्द्रमाया अधिकारी सर्वसम्मत चयन भएका छन् । संस्थाको सदस्यहरुमा पाहुषिंह राजवंशी, भाद्री शिलशमा, भाईगो राजवंशी, बेलागुरी राजवंशी, गीता राजवंशी र प्रेमलाल राजवंशी रहेका छन् ।

त्यसैगरी संस्थाको सल्लाहाकारमा दिनेश राजवंशी, रेवन्तराज पोख्रेल (अर्जुन), सहदेव राजवंशी, भोगेल मेचे चौधरी, मितलश्वरी राजवंशी, भवनाथ दाहाल र चकचकु राजवंशी चयन भएका छन् ।