काठमाडौं, चैत ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । मंगलबार आजको लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो ।
आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका संचार मामिला विज्ञ टीका ढाकालले जानकारी दिए ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न सबै दलका मुख्य नेताहरुलाई शितल निवासमा बोलाइएको उनले जानकारी दिए ।

