बाहुण्डाँगी । धनकुटा लेडी जेसीजले घोषणा गरेको नमुना जेसीज गाउँमा पहिलो कार्यक्रम अन्तर्गत घरमा आवश्यक घरायसी सामाग्रीहरु वितरण कार्यक्रम गरेका छ ।
सुर्य बहादुर थापा फाउन्डेसन का अध्यक्ष तथा पुर्व मन्त्री माननीय सुनिल बहादुर थापाको विशेष पहलमा लेडी जेसीज परिवारले उक्त सामाग्री वितरण गरेको हो । मेअी समय अघि मात्र जेसीज गाउँको घोषणा गरेको शाखाले विभिन्न कार्यक्रमहरु गर्ने योजनाका साथ पहिलो कार्यक्रम सम्पन्न गरेको हो ।
जेसीज गाउँमा भएका २१ घर धुरीका परिवारलाई प्रतिपरिवार भाडा, तावा चम्चा, डाडु, वटा कप, आरी, प्लेट, बाल्टीन र एउटा मग प्रत्येक घरलाई उपलब्ध गराएको हो ।

कार्यक्रम को संयोजक संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठ ज्युले गर्नु भएको थियोे ।
शाखाकी अध्यक्ष विसिका श्रेष्ठको सभापतित्वमा सम्पन्न् कार्यक्रममा धनकुटा वडा नं ६ का अध्यक्ष नरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा र वडा सदस्य मिलन खड्गी, जेसीज गाउँ टोल बिकास समिति को अध्यक्ष काजी मान राईलगायत प्रथम पुरुष जेसीज श्रेष्ठ साथै धनकुटा लेडी जेसीज का पदाधिकारी हरु र सदस्यहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा वडा अध्यक्ष नरेश श्रेष्ठले आफ्नो मन्तव्यको क्रममा सरकारले गर्नु पर्ने कार्यमा जेसीजले साथ दिएकोमा धन्यवाद व्यक्त गरे ।

