स्वास्थ्य

प्रदेश १ मा आज ११६ जनामा कोरोना संक्रमण पुष्टि

झापा, बैशाख १० । प्रदेश १ मा आज १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ मा ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, संखुवासभामा २, ते¥हथुम, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ५४, Read More…

संघ \संस्था

सामुदायिक भवन बन्ने भएपछि स्थानीय खुशी

मेचीनगर, बैशाख १० । झापाको मेचीनगर नगरपालिका वडानम्बर ८ स्थित समावेशी टोलमा पक्की सामुदायिक भवन बन्ने भएको छ । सामुदायिक भवनको उद्घाटन मेचीनगर ८ का वडा अध्यक्ष विकेन्द्र धिमाल र दुर्गेश्वरी कृषि सहकारी संस्थाकी अध्यक्ष खिला मेचेले संयुक्त गरेका थिए । शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णुलाल मेचे, दुर्गेश्वरी सहकारी संस्थाका व्यवस्थापक गंगालाल Read More…

स्वास्थ्य

कोभिड सङ्क्रमण : निगरानी र सावधानीप्रति चासो कम

काठमाडौं, बैशाख १० । सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा सम्बद्ध निकायको सक्रियता पनि न्यून देखिएको छ । स्थानीय प्रशासन र स्थानीय तहले सार्वजनिक सूचना जारी गर्नेभन्दा अरू व्यवहारिक गतिविधिमा जोड दिनसकेको Read More…

स्वास्थ्य

चट्याङ्ग लागेर एक जनाको मृत्यु

काठमाडौं, बैशाख १० । चट्याङ्ग लाग्दा खोटाङमा एक जनाकाे ज्यान गएकाे छ । चट्याङ्ग लागेर दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका ६६ वर्षीय अगमबहादुर राईको ज्यान गएको हो । छोरी ज्वाइँको घरमा बसिरहेको बेलामा राईलाई चट्याङ्ग लागेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । राईको घटनास्थलमै ज्यान गएकाे थियाे । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल Read More…

धर्म संस्कृती

पशुपति मन्दिर दर्शनमा सर्वसाधारणलाई रोक

काठमाडौं, बैशाख १० । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले विज्ञप्ति निकालेर भोलिदेखि अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न Read More…