काठमाडौं, बैशाख ११ । नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जितसँगै नेपालले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको डच टोलीले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले दुई कुशल (कुशल भुर्तेल र कुशल मल्ल) र उपकप्तान दिपेन्द्र Read More…
Day: April 24, 2021
प्रधानमन्त्री ओलीले गरे पुनर्निर्मित धरहराको उद्घाटन
काठमाडौं, बैशाख ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका हुन् । धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी बालकोनीमा पुगेका थिए । त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृष्यावलोकन गरेका थिए । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा Read More…
नवनिर्मित धरहराको आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै
काठमाडौं, बैशाख ११ । लामो समयदेखि सबैको प्रतीक्षामा रहेको नवनिर्मित धरहराको उद्घाटन आज हुँदैछ । २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको नयाँ धरहराको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्न लाग्नु भएको हो । भूकम्प गएको ६ वर्षपछि धरहराले पुरानै स्वरुपको आकृति पाएको छ । धरहरा पुरानै आकृतिमा फर्किएको छ तर पूर्ण रुपमा सम्पन्न भने Read More…
आज लोकतन्त्र दिवस
काठमाडौं, बैशाख ११ । आज लोकतन्त्र दिवस अर्थात् नेपालमा हरेक वर्षको वैशाख ११ लोकतन्त्र दिवस मनाइन्छ । नेपालको इतिहासको शताब्दी औं शाही शासनलाई अन्त्य गरी जनताको शासन जनताको हातमा आएको दिन यसदिनलाई जनताको जितको रुपमा हेरिन्छ । जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ। Read More…
आईपीएल: पन्जाबद्वारा मुम्बई ९ विकेटले पराजित
काठमाडौं, बैशाख ११ । आईपीएल क्रिकेटमा पन्जाब किङ्सले दोस्रो जित निकालेको छ । साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गर्दै पञ्जावले दोस्रो जित निकालेको हो । शुक्रबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई ९ विकेटले पराजित गरेको छ । चेन्नईमा मुम्बईले दिएको १ सय ३२ रनको लक्ष्य पन्जाबले १७ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा Read More…
पाथीभरा मन्दिरमा पूजापाठ गर्न रोक
ताप्लेजुङ, बैशाख ११ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको मन्दिरमा भक्तजनहरुका लागि पूजापाठ तथा दर्शन गर्न रोक लगाइएको छ। दिनप्रति दिन कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले पूजापाठ गर्न रोक लगाएको हो। पाथीभरामा दिन प्रतिदिन पूजापाठ गर्ने भक्तजनको भीड बढ्न थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ताप्लेजुङले आइतबारदेखि वैशाख मसान्तसम्मका लागि पाथीभरा देवीस्थलमा पूजापाठ गर्न Read More…






