समाचार

झापामा जेठ १४ गतेसम्मलाई निषेधाज्ञा थप

झापा, जेठ ६ । झापामा जेठ १४ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । भर्खरै सम्पन्न डीसीसीएमसी झापाको बैठकले जेठ ८ गतेदेखि १४ गते राती १२ बजेसम्मलाई निषेधाज्ञा थपेको हो । आजको बैठकको निर्णय केहि बेरमा सार्वजनिक हुदैछ ।

यसअघि बैशाख १९ गतेदेखि बैशाख मसान्तसम्म र त्यसपछि जेठ ७ गतेसम्मलाई निषेधाज्ञा लागु गरिएको थियो ।

सो अवधिका लागि अत्यावश्यक काम बाहेक हिडडुल समेत बन्द गरिएको थियो । निषेधाज्ञामा कडाई गरिए पनि हालसम्म संक्रमण घटेको छैन ।

स्वास्थ्य कार्यालय झापाको तथ्याङक अनुसार हरेक दिन संक्रमण दर बढिरहेको छ ।