अर्थ स्वास्थ्य

अप्ठ्यारोमा सहयोगी बन्दै जनप्रतिनिधि

झापा, जेठ १६ । झापाको मेचीनगर नगरपालिका जनप्रतिनिधि यतिबेला वडाबासीहरूको स्वास्थ्यको चासो राख्दै सबैको घर घरमा पुग्ने गरेका छन् ।

यस्तै स्वास्थ्य समस्यामा परेका आफ्ना वडाबासीलाई सहयोग पुर्याउन मेचीनगर वडा नम्बर ८ का अध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य सन्तोष मेचे, स्वास्थ्यकर्मी राम अधिकारीलगायतका टोली घर घरमा पुग्ने गरेका छन् ।

जनप्रतिनिधिको टोलिले अहिले वडामा रहेका काेराेना संक्रमित तथा अन्य बिरामीहरूको घर घरमा नै पुगेर आवश्यक औसधि तथा खाद्यान्न वितरण गरिरहेका छन् ।

काेराेना महामारीले जनता यतिबेला डर र त्रासमा छट्पटी रहेका छन् । यस्तो अवस्थामा वडाबासीको घरघरमा पुगेर आवश्यक औषधी र खाद्यान्न उपलब्ध गराउदा उनीहरूलाई राहत मिल्ने वडा अध्यक्ष वडाध्यक्ष विकेन्द्र धिमालले बताए ।

संक्रमित घरमा एकलै हुने कसैले भेटघाट नगर्ने कोहि नबोल्दा झन कमजोर हुने भएकाले उनीहरुको मनोबल बढाउन तथा लकडाउनको बेला नियमित खादैं गरेका तथा बिमाको औषधी घर घरमा नै पुगेर दिईने गरेको वडा सदस्य सन्तोष मेचेले जानकारी दिए ।