संघ \संस्था

नेपाल जेसीजद्धारा मकवानपुरमा खाद्यन्न वितरण

बाहुण्डाँग जेठ २५ । नेपाल जेसीजले मंगलवार मकवानपुरस्थित बोटे बस्तीका ४८ घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ ।
नेपाल प्रहरीका पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल र एरीया बि अन्तर्गत बिभिन्न शाखाहरु सहयोगमा जुटाइएको उक्त खाद्यन्न सामाग्री मंगलवार मकवानपुरको मनहरी गाउपालिका वडा नं ७ को बोटे बस्तिमा पुगेर अति विपन्न परिवारलाई वितरण गरिएको हो । मानवताको सेवा जीवनको सर्वाेतम कार्य भन्ने जेसीजको मुल मन्त्रलाई आत्मासाथ गर्दै जेसीजले खाद्यन्न वितरण गरेको हो ।


नेपाल जेसिज को अध्यक्ष जेसीआई सिनेटर अरुर्णेश्वर खनालको सभाध्यक्षता तथा पूर्व प्रहरी प्रमुख सर्बेन्द्र खनालको प्रमुख आतिथ्यतामा भएको उप्त कार्यक्रममा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसीआई सिनेटर अरुण कुमार दाहाल, राष्ट्रिय कानुनी सल्लाहकार गोकुल सापकोटा, नेशनल भिलेज संयोजक रश्मि बस्नेत, मनोहरी वडा ७ का वडा अध्यक्ष ठाकुर तितुंग, उद्योग बाणिज्य संघ मनहरी सभापति नारायण सुबेदी,विभिन्न शाखाको अध्यक्षहरुको उपस्थिति रहेको थियो । खाद्यान्न वितरण खाद्य सामग्री १ लाख २० हजार बराबर को ४८ घर धुरी लाई दिने गरि वडा अध्यक्षलाई राष्टिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले हस्तान्तरण गर्नु भएको थियो ।
नारायणगढ, भीरकोट, गल्यांग, वालिंग, म्याग्दी, शुक्लागण्डकी, रत्ननगर, ब्यासनगर, लमजुङ्ग गोर्खा, बिसहजार, सौराह, बस्तीपुर, हेटौले लेडी, हेटौडा जेसीजको सहयोग रहेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि सर्बेन्द्र खनाललेम मानवताको सेवा भन्ने जेसीजको नारालाई यस अभियानका युवाहरुले देशभरबाट पुरा गरेको देख्दा आफुलाई गर्वको अनुभूति हुने गरेको बताउनु भयो । साथै उहाँले यस अभियानमा लाग्ने जेसी युवाहरुलाई अझ गाउँ वस्तिमा गएर सामाजिक क्षेत्रमा काम गर्दै अघि बढ्न सुझाव दिनु हुँदै साथ र सहयोगका लागि सधैँ आफु तयार रहेको बताउनु भयो । वडा अध्यक्ष ठाकुर तितुंगले आफ्नो गाउँलार्य सम्झिएर आएकोमा धन्यवाद व्यक्त गर्नु भयो । राष्टिय अध्यक्ष खनालले अभियानमा जोडिने सम्पूर्ण शाखा तथा पूर्व प्रहरी प्रमुख सवेन्द्र खनालप्रति अभार व्यक्त गर्नु भयो । कार्यक्रमको सञ्चालन कार्यक्रम कानुनी सल्लाहकार जेसी गोकुल सापकोटा ले संचालन गर्नु भएको थियो ।